निवर्तमान सभामुख महरालाई जबरजस्ती करणी उद्योगमा ५ बर्ष कैद मागसहितको मुद्दा दर्ता

काठमाडौं, १४ कात्तिक । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी उद्योगमा ५ बर्ष कैद मागसहितको मुद्दा दर्ता गराएको छ ।

रोशनी शाहीको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरी दिएको रायका आधारमा सरकारी वकिलको कार्यालयले उक्त व्यहोराको मुद्दा दर्ता गराएको हो ।

महरामाथि शाहीलाई बलात्कार प्रयास गरेको, अत्यधिक मदिरा सेवन गरेकोलगायतका विवरण र प्रमाण अनुसन्धानमा जुटाएर सरकारी वकिलको कार्यालयमा रायसहितको विवरण प्रहरीले बुझाएको थियो ।

पटक–पटक अनुसन्धानमा असहयोग गरेपछि महराविरुद्ध तिहारअघि नै प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

शेयर गरौ

ताजा अपडेट