सरकारको काम गराइ प्रती असन्तुष्टि : पुर्व राजा

काठमाडौं १२ कार्तिक। पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको काम गराइ प्रती असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

तिहारको टीका लगाए पछि सन्चारकर्मी सङ कुरा गर्दै उहाले यस्तो बताउनु भएको हो । सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठ्यारोमा पर्न सक्ने बताउनु भयो ।

कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै उनले सर्वसाधारणले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताउनु भयो। बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि स पूर्वराजा शाहले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने परिवर्तनको कुनै अर्थ नहुने बताउनु भयो ।

‘जुनसुकै परिवर्तन हुँदा दुईटा महत्वपूर्ण कुरा हुुनुपर्छ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहले भन्नु भयो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’

भाइटीकाको दिन कसैको कुरा काटने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गरेका छन् ।

लक्ष्मी पूजाको दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटालार्ई सम्झिएको स्मरण गर्दै उनले भने, ‘अरुको सुःखका लागि आफैंलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।

शेयर गरौ

ताजा अपडेट