भरतपुरलाई सडक मानवमुक्त घोषणा गर्न जड्याहा तेस्रोलिंगी बाधक

"कात्तिक ९ गते भरतपुर महानगरपालिका सडकपेटीमा बासबस्ने मानवमुक्त घोषणा हुदै"

चितवन समाचार डटकम
७ कात्तिक । मद्यपान लागुऔषध र तेस्रोलिंगीका कारण भरतपुर महानगरपालिकालाई सडकपेटीमा बास बस्ने मानवमुक्त घोषणा गर्न चुनौति देखिएको छ ।
सडक मानवमुक्त घोषणाको तयारीको विषयमा भरतपुर महानगरपालिकाले विहीबार कार्यालयमा पत्रकार सम्मेलन गरी दुव्र्यसनी र तेस्रो लिंगीको कारण घोषणा र यसपछिका दिनहरु चुनौति रहेको जानकारी दिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नु भयो ‘वेसहारा, अनाथहरुलाई सहारा दिन खोजिएको थियो समस्या अर्कै देखियो ।’
दुइहप्तादेखि भरतपुर महानगरपालिकाको सक्रियतामा महानगर क्षेत्रका सडक पेटीमा रात विताउनेहरुलाई खोजी गरी सहारा दिने अभियान चलाएको छ । यही कात्तिक ९ गते सडक मानवमुक्त घोषणाको तयारी रहेको महानगरलाई उद्देश्य विपरितका व्यक्ति सडकमा बस्ने भएकाले उनीहरुलाई व्यवस्थापन गर्न चुनौति थपिएको हो ।
भरतपुर महानगरपालिकाका प्रशासकीय प्रमुख नेत्रप्रसाद सुवेदीले भन्नु भयो ‘हामीले अभियान चलाएका छौ त्यसलाई पूरा गर्छौ तर जाँडरक्सी सेवन गरी सडकमा सुत्ने, पैसाको लागि तेस्रो लिंगी सडकमा आउने संख्या धेरै छन् यसलाई व्यवस्थापन गर्नु पर्ने छ ।’ असहाय, वेसहाराहरुलाई व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रममा त्यस्ता व्यक्ति महानगरले लैजादै राख्दै आएको छ । महानगरको अहिलेको दुइहप्ते अभियानमा दुइसय ५० जनालाई राति उद्दार गरी आश्रममा राखिएको छ ।
वेसहाराको मापदण्डमा पुगेका व्यक्ति जम्मा ८ जना मात्र रहेको मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले जानकारी दिनु भयो । दुइसय ५० जना मध्य २२ जना जागरिको खोजीमा सहर आएका र वास नपाएपछि सडकमा वसेका पाइएको छ । अन्य दुइसय २० जना व्यक्ति मद्यपान सेवान गरी बसेका, गाँजा, लागु औषध दुव्र्यसन गरेका, तेस्रो लिंगी रहेका छन् ।
सडकमा रात बिताउने असहायको परिभाषामा सहाराको आवश्यकता परेको, अनाथ, पालनपोषण हेरचाह नपाएको, परिवारका सदस्य नभएको, वेवारिसे सहयोगको अपेक्षा गरेका जुनसुकै उमेर समुहका व्यक्ति रहेको छ । तत्काल महानगरपालिकाले त्यस्ता व्यक्तिलाई राख्ने स्थान निर्माण नगरेकाले मानवसेवा आश्रममा व्यवस्थापन गर्ने र आउदा दिनमा अलगै सेल्टरको व्यवस्था गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट