विप्लव नेतृत्वको नेकपा समूहका २१ नेता कार्यकर्ता पक्राउ

दाङ, ३० असोज  ।

सरकारले प्रतिवन्धित घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका २१ नेता कार्यकर्ता गएराती दाङबाट पक्राउ परेका छन् ।

उनीहरूलाई गएराति २ बजे दाङको नेपाल–भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ को जंगलबाट पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता विनोदविक्रम शाहले टेलिफोनमा बताए ।

उनले पक्राउ परेका नेता कार्यकर्ता कुन स्तरको भन्ने विषयमा अनुसन्धान हुँदै गरेको पनि बताए । उनीहरुका साथबाट उल्लेख्य मात्रामा हातहतियार र विस्फोटक पदार्थ पनि बरामद गरिएको प्रहरीको दाबी छ ।

पक्राउ परेकामा पार्टीका केन्द्रीय स्तरका नेता पनि रहेको बताइएको छ । असोज तेश्रो साता मात्रै नेकपाले पार्टी केन्द्रीय समितिको बैठक राखेर ६ महिने अभियान सञ्चालन गर्ने र अभियानकै क्रममा वर्गसंघर्ष चर्काउने समेतको निर्णय गरेपछि प्रहरीले पनि विप्लवका नेता कार्यकर्ताको खोजी कार्य तिव्र पारेको छ ।

ठूलो संख्यामा हातहतियारसहित नेकपाका नेता कार्यकर्ता नै लुकी बसेको सुराकका आधारमा प्रहरीले गएराती त्यस ठाउँमा छापा मारेको थियो ।

शेयर गरौ

ताजा अपडेट