सुत्केरी महिलामा हुने डिप्रेशनको कारण पारिवारिक

" चितवनको ५ सय ५९ महिलामा अनुसन्धान गर्दा ५१ मा समस्या"

चितवन समाचार डटकम ,
१७ असोज । पारिवारिक कारणले गर्दानै सुत्केरी महिलामा डिप्रेशनको समस्या आउने गरेको एक अध्ययनले देखाएको छ ।
मानसिक स्वास्थ्यका विषयमा टिपिओ नेपाल अन्तरगत स्ट्रान्डस्ट्रोङग परियोजनाले चितवनको सात वटा स्वास्थ्य मार्फत महिलामा गरेको अध्ययनमा यस्तो देखाएको हो । टिपियो नेपालका अनुसन्धान प्रमुख सुरेनमान महर्जनले भन्नु भयो ‘परिवारका सदस्यहरुको कारणबाटनै सुत्केरी महिलामा डिप्रेशन हुने गरेको पाएका छौ, अन्य कारणहरुपनि हुने गर्दछ हाम्रो अध्ययनको विवरणले मुख्य कारण परिवारको सदस्य देखाएको छ । ।’
सस्थाले ५ सय ५९ महिलामा गरेको डिप्रेशनको समस्या सम्वन्धी प्रश्नमा ५१ जनामा समस्या देखिएको थियो । अध्ययनमा १३ सय ५६ जना महिला सहभागी भएका थिए । उहाले भन्नु भयो ‘५१ जना सुत्केरी महिलामा समस्या देखिएको थियो । ती मध्य ३३ जनालाई मनोविमर्श सेवा दिएको थियो भने समस्या नभएको २५ जनालाई पनि अध्ययनमा सहभागी गराएको थियौ ।’
१५ देखि २५ वर्ष उमेरका बच्चा जन्मिएको एक वर्ष ननाघेका सुत्केरी महिलामा अध्ययन गरिएको थियो । उहाले भन्नु भयो ‘श्रीमानले तनाव दिने, घरपरिवारका अन्य सदस्यले तनाब दिने, श्रीमानले रक्सी सेवन गरेर आउने, वेरोजगार, परिवारले दायित्व पूरा नगर्ने जस्ता कारणनै डिप्रेशनको शिकार भएको पाइयो ।’ विदेशमा श्रीमान भएमा सुत्केरी महिलालाई अझ तनाव धेरै हुने गरे कारणे पनि समस्या देखिएको उहाले जानकारी दिनु भयो ।
मानसिक स्वास्थ्य चिकित्सक डाक्टर ब्रान्डन कोहर्टले भन्नु भयो ‘सुत्केरी भएका महिलालाई अध्ययनमा राखिएको थियो, किनभने ती महिलामा समस्या भएमा बच्चालाई होरचाह गर्दैनन् र बालबालिकाको भविश्य अनिश्चित हुन्छ ।’ नेपालमा घरेलु हिंसा ठुलो छ त्यसको शिकार महिला पर्ने गरेको छ समस्या कम गर्नको लागि यो अध्ययन गरेको हो उहाले भन्नु भयो । पुरुषप्रधान देशभएको कारण अधिकार महिलालाई थोरै हुन्छ उनीहरु समस्या भएपनि बोल्न सक्दैनन् हाम्रो अध्ययनले यही देखाएको छ ।
डिप्रेशनको समस्याबाट मुक्त हुनु भएका अम्बिका खतिवडाले भन्नु भयो ‘सासु ससुराले हेला गर्ने, श्रीमानको व्यवहार राम्रो नभएकाले आत्महत्याको सोच आइरहने गरेको थियो, एक्लै बस्न मन लाग्ने गर्दथियो उपचारको लागि हेल्थ पोष्ट जादा मनोविमर्श सेवा लिए अहिले ठिक भएको छ ।’ सस्थाले जिल्लाको ७ वटा स्वास्स्थ सस्था, गितानगर, फुलवारी, जगतपुर, शारदानगर, मेघौली, शिवनगर र कविलासमा विभिन्न कारणले उपचार गर्न आएका महिला मध्य सुत्केरीमा र गाउघर डुलेर सुत्केरी महिलामा अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा डिप्रेशन मापन गर्ने पीएचक्यु स्कोर प्रश्नावली सोधेर त्यसमा १० नं. भन्दा माथि आएमा समस्या भएको मानिन्छ । यो मापन विश्वव्यापी मान्यता भएको अनुसन्धानकर्ता महर्जनले बताउनु भयो । समस्या देखिएका महिलालाई लगातार ५ हप्तासम्म मनोविमर्श सेवा र अवस्था अनुसार औषधिसेमत दिएर उपचार गर्ने गरिएको थियो । उनीहरुको आनीवानको विषयमा बच्चालाई विकन डिभाइस झुण्डेयाइदिने, र आमालाई मोवाइल बोक्न लगाउने गरिएको थियो । मोवाइलमा लोकेसन देखाउने जीपीएस जडान गरिएको थियो । जसको कारण महिलाले बच्चालाई गर्ने व्यवहार, अरुसंग बोल्ने व्यवहारको अनुगमन गर्दे गरिएको थियो । यो अनुसन्धानमा बस्न चाहने महिलाहरुमा मात्र गरिएका थियो ।

शेयर गरौ

ताजा अपडेट