काठमाडौ १४ असोज । सभामुख कृष्ण बहादुर महरा माथी बलात्कारको आरोप लागेपछी राजिनामा दिने अबस्थामा पुगेका छ्न ।
आइतबार साझ एक कर्मचारिलाइ दुव्र्यवहार गरेको बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएपछी उनी आज बिहान देखे के गर्ने भान्ने परामर्श गर्न व्यस्त भएका छ्न । उनले पार्टिका शिर्ष नेता देखि अन्य सङ छलफल गरेका छन ।
नेकपाका एक शीर्ष नेताले भने महराका सामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरु विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि आज विहानै भेट गरिसकेका छन् । सम्भवतः महराले आजै राजीनामा दिनेछन् उनले भने ।
पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिँजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ । घटनाक्रमहरु जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रुपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ ।’
बलात्कारका विषयमा सामाजिक सन्जाल र सर्ब साधारणले सभामुखले राजिनामा दिएर मार्ग खुल्ला गर्नु पर्ने बताएका छन ।


