देवघाट १२ असोज । नेकपा नेता तथा तनहु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले देवघाटको कथाले मागे अनुसारको विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनु भएको छ ।
देवघाटको वृद्धाश्रममा निर्माण भएको प्रतिक्षालयको उद्घाटन गर्दै उहाले अहिले नै यो गर्छु भन्नु भन्दा यहाँको आवश्यकता जे हुन्छ त्यही विकास गर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘हिजोका दिनमा भन्दा आज यहाँ भएको विकास घाम जस्तै छर्लङछ, मैले व्याख्या गर्नु पर्दैन ।’ दासढुंगादेखि देवघाटसम्म आउने बाटो कालोपत्रे हुदै गरेको छ । यहाँको सडकमा ढुंगा विछेयाउने, गेट निर्माण गर्ने अव्यवस्थित वसोवासको समस्या समाधानका कामहरु क्रमै वद्ध रुपमा अगाडि वढ्ने जानकारी दिनु भयो ।
उहाले भन्नु भयो देवघाटमा आफ्नो अलगै माया र सद्भाव रहेको छ म कुरा होइन काम गरेर देखाउने छु । यहाँको कथाले के माग्दछ त्यही काम गर्दै जाने छु उहाले भन्नु भयो भूमि विद्ययक पास भएको छ अव जग्गा सम्वन्धी समस्या समाधान भएर जानेछ । सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताउनु भयो ।

देवघाटको धार्मिक सास्कृतिक महत्वलाई कायम राख्न कालिगण्डकी ड्राइभरसन कुनैपनि हालतमा हुन नदिने बताउनु भयो । यहाँको महत्वलाई मासेर विश्वका हिन्दुको आश्था कालीगण्डकीलाई चलाउन नदिने बताउनु भयो । आश्रममा भान्छा घर पुरानो जिर्ण भएकाले आफ्नो वुबा हजुरवुवाको सम्झनामा व्यक्तिगत रुपमा एकलाख सहयोग गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा देवघाटका धर्मगुरुहरु ज्ञानेन्द्र सरस्वती, नेकपा तनहुका जिल्ला सचिव राजेन्द्र केशरी न्यौपाने, देवघाट गाउपालिका प्रमुख दुर्गावहादुर थापा, भरतपुर महानगरपालिका वडा नंं २९ का अध्यक्ष मानबहादुर राना, सामाजिक व्यक्ति डाक्टर गुरुप्रसाद सुवेदी, नेकपा देवघाटका नेता भुवनसिंह गुरुङ, कांग्रेस तनहुका नेता प्रेम गिरी, सामाजिक व्यक्ति रामनाथ मिश्र, रामप्रसाद भट्ट, हरिराम पौडेल, क्षेत्र विकास समिति सदस्य सावित्री न्यौपानेलगायतले देवघाटको महत्वको विषयमा मन्तव्य राख्नु भएको थियो ।
क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिक्षालय निर्माणमा सहयोग गर्नु हुने भरतपुरका युवा व्यवसायी निरञ्जन न्योपाने, हरिराम पौडेल, लायन्स क्लब बालकुमारीका विभिन्न व्यक्ति, व्यवसायीहरुलाई सम्मान गरिएको थियो । देवघाटन क्षेत्र विकास समितिमा आजिवन सदस्य बन्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले सञ्चालन गर्नु भएको थियो ।
े


