सहकारीका सदस्यलाई सहकारी सम्बन्धी शिक्षा आबश्यक

चितवन ११ असोज । प्रदेश नम्बर ३ का साम्सद मिलनबाबु श्रेष्ठले
सहकारीका सदस्यहरुलाई सहकारी शिक्षाको आवश्यकता परेको  बताएउनु भएको छ ।
मिलीजुली बहुउदेश्य सहकारी संस्था लिमिटेड चितवनले २१ औ साधारण सभालाइ सम्बोधन गर्दै उहाले सदस्यहरु सहरकारीको वार्षिक उत्सव आउने तर नाम र खाजा कुपनमा मात्रै ध्यान दिने परिपाटीको बिकास हुदै गएको भन्दै अब सदस्यहरुलाई सहकारी शिक्षाको आवश्यकता रहेको बताउनु  भएको हो ।
वार्षिक साधारण सभामा संस्थाले वर्षभरी गरेका काम र आगामी दिनमा गर्ने महत्वपूर्ण कार्यक्रमहरुको बारेमा जानकरी दिने गरे पनि अधिकाशं सदस्यहरुमा त्यसप्रति चासो घट्दै गएको भन्दै उहाले चिन्ता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं भरतपुर महानगरपालिका सहकारी उप समिति संयोजक राजेन्द्रमणी काफ्लेले सहकरी क्षेत्रमा निकै समस्या रहेको भन्दै सहकारीहरुको अनुगमनमा महानगरपालिकाले कडाई गरेको बताउनु भयो । महानगरपालिका भित्र ३ सय २५ वटा सहकरी रहेको भन्दै यदि कसैले गैरकानुनी काम गरेमा कसैलाई पनि नछोड्ने बताउनु भयो । अध्यक्ष काफ्लेले अब सहकारीहरु ब्चत गरेर मात्रै नहुने भन्दै उत्पादनमुखी कार्यमा लाग्नु पर्ने समय आएको बताएका छन् ।
२०५५ सालमा स्थापना भएको सहकारीले शुरुवाती अवस्थामा दुग्ध व्यवसाय, चोकरको होलसेल, पंखा खरिद विक्रि  पसल सञ्चान गर्दै अहिले आफ्नै भवनबाट भाडा पसल सञ्चालन गरीरहेको संस्थाका अध्यक्ष रामजी पौडेलले बताउनु भयो । अब सहकारीले आम्दानी बढाउनका लागि फारमेसी, कपडाको झोला वा तेल मिल मध्य कुनै एक कार्य गरी अगाडी बढ्ने अध्यक्ष पौडेलले बताउनु भयो ।
सो अवसरमा संस्थाका सचिव दिल बहादुर खत्रीले सहकारीले गरेका बार्षिक कार्यहरुको बारेमा जानकारी दिएका थिए भने कोषाध्यक्ष चन्द्रकला भट्टराईले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । सहकारीले सात प्रकारका ऋणहरु उपलब्ध गराउने गरेको छ भने ५ प्रकारका खाताहरु सञ्चालन गरेको छ ।
कार्यक्रममा वडा नम्बर ७ का सदस्यहरु सरिता सुवेदी पाठक, राजेन्द्र तामाग, जिल्ला सहकारी संघका सदस्य राजेन्द्रराज राजभण्डारी लगाएतले बोलेका थिए ।

शेयर गरौ

ताजा अपडेट