खानेपानीमा राजनैतिक खिचातानी नयाँ नेतृत्वका लागी मतदान हुने

गोविन्द घिमिरे

गैडाकोट ९ असोज । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोटको नयाँ नेतृत्वको टुगों मतदान प्रकृया मार्फत लगाइने भएको छ।

आवश्यक २१ पदमा ४२ जनाको उम्मेदवारी परेपछि अन्ततः मतदान मार्फतनै नयाँ नेतृत्व चयन गरिने भएको हो । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) र नेपाली काग्रेस विच सहमती हुन नसकेपछि दुवै पक्षले राजनैतिक रुपमै प्यानल खडा गरी चुनावी प्रचार प्रसारमा होमिएका छन् । नेपाल कम्युनिष्ट पार्टि नेकपाले भूमिश्वर शर्मा पौडेल र नेपाली काग्रेशले मोतीचन्द्र चालिसेलाई अध्यक्षको रुपमा उभ्याएको छ।विगतमा एक कार्यकाल खानेपानी संस्थाको अध्यक्षको नेतृत्व सम्हालिसकेका शर्मा अनुभवी एवंम् भद्र मानिन्छन । भने चालिसे निर्वतमान कार्यसमितिको सचिवको जिम्मेबारीमा थिए ।

हाल कायम गरिएको खानेपानीको नियमित शुल्क धारा जडान शुल्क तथा अन्य शुल्कहरु समयोजन गर्ने, विभिन्न निकायहरु सँग समन्वय गरी योजना विस्तार तथा पानीको वितरण गर्ने तथा तत्काल खानेपानीको भुक्तानी अनलाइन मार्फत मिलाउने लगायतका विभिन्न १२ बुदे प्रतिदद्धताहरु नेकपा समुहले अगाडी सारेको छ ।त्यसैगरी नेपाली काग्रेशको तर्फबाट चालिसे नेतृत्वको समुहले खानेपानीको आपूर्तिलाई नियमित गर्ने, केहि स्थानको पाईपलाईन परिवर्तन गर्ने, पानीको प्रवाहलाई बढाउने लगायतका प्रतिवद्धताहरु अघि सारेको छ ।

नेकपाको समुहबाट उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा प्रमानन्द चालिसे, कोषाध्यक्षमा सकुन्तला तिवारी, सहसचिवमा चिनबहादुर सारु र महिला सदस्यमा चोलीमाया मल्लले उम्मेदवारी दिनुभएको त्यसैगरी समतिकै अन्य सदस्यहरुमा लागि कलाधर कडेल, भगवान लम्साल,राधादेवी पोखरेल, टिकामाया गुरुङ,र भरत पोखरेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलका संयोजक लालमणी पौडेलले बताउनु भयो।त्यसैगरी खानेपानी समितिको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा शशिचन्द्र सिग्देलले उम्मेदवारी दर्ता गराउनु भएको छ भने सदस्यहरुमा शिव भूषाल र छलीमाया वि.क.ले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।उता अनुगमन तथा मूल्याकंन समितिको संयोजकमा सफल युवा व्यवसायी धु्रव अधिकारीले उम्मेदवारी दिएका छन ।सो समितिको सदस्यमा रमादेवी शर्मा, धनबहादुर मगर, दिनेश बराल र तुलकुमारी पुन मगर रहनु भएको छ ।

नेपाली काग्रेशको प्यानलबाट उपाध्यक्षमा जग्गनाथ पौडेल ,सचिवमा विष्णु पंगेनी, कोषाध्यक्षमा पार्वती शर्मा, सहसचिवमा एकराज सापकोटाले उम्मदेवारी दिनु भएको छ।उता लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा शालिकराम आचार्य र अनुगमन तथा मूल्यानकंन समितिको संयोजकमा लक्ष्मी चालिसेले उम्मेदवारी दिनु भएको छ ।

दुवै पक्षले आआफ्नो समुहको जित हुने दावी हुने गरेको भएपछि चुनावी परिणाम कुनै खास एकपक्षको पोल्टामा मात्रै जाने स्थिति छैन ।१५०० भन्दा बढि धारा जडान भएको जलुके खानेपानीले जसको नाममा धारा जडान छ सोहि मान्छेनै मतदाता हुने प्रवन्ध गरेको छ।गैडाकोट नगरपालिका वडा नम्बर १ २ र ४ का विभिन्न स्थानमा खानेपानी वितरण गर्दै आएको जलुके खानेपानी सँग झण्डै ४० लाख बैकं मौज्दात रहेको छ ।

शेयर गरौ

ताजा अपडेट