चितवन ७ असोज । भरतपुरको बाह्घरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा बिहान ३ बजे लागेको आगो साँझसम्म नियन्त्रणमा आउन सकेको छैन ।
स्थानीयबासीका अनुसार राति परेको चट्याङको कारण बिजुली सट भएर आगोलागेको थियो । काटुन बनाउने फ्याक्ट्रीमा आगो लागेपछि स्थानीय र पालेले प्रहरीलाई खबर गरेका थिए । विहान ३ः३० बजेबाट आगो नियन्त्रणमा लिने प्रयास भएपनि पूर्णरुपमा नियन्त्रणमा अहिलेसम्म आउन सकेको छैन ।
प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणको लागि प्रयास जारी राखेपनि नियन्त्रणमा आइनसकेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख रवि रेग्मीले जानकारी दिनु भयो । कागजको रोल भएको कारण भित्रभित्रै आगो सल्केकाले नियन्त्रणमा लिन कठिन भएको बताउनु भयो । आगो नियन्त्रणको लागि भरतपुर महानगरपालिका कार्यालयको २, खैरहनी नगरपालिकाको १, कावासोती १, आर्मीको १ गरी ५ वटाले नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो लागेको कारण करोडौको क्षती पुगेको छ ।


