चितवनको रामनगरमा सवारी दुर्घटना, एकजनाको मृत्यु

चितवन समाचारडटकम , ६ असोज ।
नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका – १ रामनगर खानेपानी टयाङकी ओरालोमा गएराती सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
नवलपरासीबाट काठमाडौँ जादैँ गरेको लु २ ख ६९० नम्बरको ट्रकमा सोही दिशा तर्फ जादै गरेको ना ४४ प ५१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई ट्रकको पछाडीको भागमा ठोक्कीदाँ मोटरसाईकल चालक रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मीको उपचारको क्रममा नयाँ मेडीकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
ट्रक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ ।

शेयर गरौ

ताजा अपडेट