चन्द्रपुर ४ असोज । चंन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ अरुण बस्ती स्थित अधिकाँस स्थानीय कृषकहरु चिन्तामा पर्न थालेका छन् । वडा नबर ३ अरुण बस्तीको स्थानीय कृषकले लगायको मकै बालीमा पहिलो पटक अनौठो हरियो रङ भएको किराले सताउन थालेपछी अरुण बस्तीको कृषकहरु चिन्तामा परेका हुन ।
हरियो रङ भएको किराको कारण गोड्ने तयारि अबस्थामा रहेको र गोडी सकेको मकैको बोटको पात र गुभा भित्रै बाट खाइदिने गरेको र सोहि किराले स्थानीय ले लगायको धानवालीको पात समेत खान थालेको छ । मकै र धानमा लागेको किरा धपाउन वडा नम्बर ३ चंन्द्रपुर अरुण बस्ती को अधिकाँस स्थानिय कृषक ले पटक पटक बिषादी प्रयोग गरिदा समेत किरा भगाउनु नसकेको अबस्थामा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयको गुनासो रहेको छ ।
वर्खाको महिनामा लगायको मकैबाली वर्षाद नभई लामो खरेटी लाग्दा घरमा एक डोको मकै समेत भित्र्याउनु नपाएको अबस्थामा अहिले हिउदो महिनामा लगाएको मकै बालीमा समेत किरा लागेर बोटै खाइदिना ले हातमुख जोडन समेत कठिन समस्या हुन लागेको हो । चंन्द्रपुर सिंगौल र निजगढमा रहेको बिषादी बिक्रि गर्ने पसलमा पाइने बिषादी ल्याई पटक पटक मकैमा छर्दा समेत किरा भगाउनु नसकी मकैको बोट र पात खायर जाली हुनुको साथै कतिपय ठाउमा बारिनै रितियकोछ ।
यसरी किरा ले मकै अरुण बस्तीमा मात्र नभई छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर १ स्थित राजुवा इपिल बस्ती डाङडुङगे महादेउडाँडा मोरोङगे बस्तीमा समेत किसान ले लगायको मकै बाली किराले खाइरहेको हो ।
किराले मकैबाली नास हुनेगरी खानथाले पछी जोतखन मल र बिषादिमा गरेको खर्च समेत नउठने भएको ले सो भेगको अधिकाँस स्थानीय चिन्तित हुनथालेको अरुण बस्तीको स्थानीय सुक मान वाइवाले बताउनु भएको छ ।
बर्षे्नि अरुण बस्तीको स्थानीयले मौसम अनुसारको गर्दै आयको खेतीमा किरा लाग्दै आयपनी यस वर्षमा भने अत्याधिक मात्रामा किरा बढेकोले आउदै गरेको दसैँलाइ जोहो गरेको खर्च बाट बिषादी खरिद गरि मकै बालीमा छर्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
मकै बाली लगायको बारिनै रितिने गरि नामनै खुल्न नसकेको हरियो रंगको किरा ले स्थानीय सुकमान वाइवाको बारिनै उजाड पारेको हो । अन्न खायर बाच्ने मानव प्राणिमाथि यत्रो समस्या आइलागीरहेको अबस्थामा पनि चन्द्रपुर नगरपालिका र वडा कार्यालयको वेवास्था गरिरहेको स्थानीय पाल्देन लामाले गुनासो गरेको छ ।
८४ घर परिवार रहेको अरुण बस्तीलाइ राजनीतिक दल ले बिकासको गतिमा बुढो साँडेले बाच्छी ओगटेको जस्तै गरि निर्वाचनमा मात्रै यहाँको स्थानीय लाइ प्रयोग मात्र गरिरहेको स्थानीयले गुनासो गरिरहेको छ ।


