गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प

"सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु"

गोरखा, ४ असोज ।

गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट