चितवन, भदौ ३१ ।
लामो समयदेखि सुनचाँदी क्षेत्रलाई आधार मानेर सक्रिय पत्रकारिता गरिरहेका स्वर्ण खबर साप्ताहिक खबर पत्रिकाको कार्यकारी सम्पादक अमिर रामदाम “नेगोसिडा चितवन पत्रकारिता पुरस्कार २०७३-२०७६” बाट सम्मानित भएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको सोमबार भरतपुरमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनको अवसर पारेर पत्रकार रामदामलाई सम्मानित गरिएको संघका अध्यक्ष अधिवक्ता जिवनज्योति विश्वकर्माले बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले पत्रकार रामदामलाई उक्त पत्रकारिता पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
चितवन जिल्लामा विधमान अवस्थामा रहेको सुनचाँदी क्षेत्रको समस्या र समाधानको गहन अध्ययन, अनुसन्धान एवम् विश्लेषण गर्दै सुनचाँदी विटबाट सक्रिय पत्रकारिता गरिरहेका पत्रकार अमिर रामदामको सुनचाँदी सम्बन्धी विचार सम्प्रेषण उत्कृष्ट ठहरिएकोले यसै कार्यकालदेखि पत्रकारिता पुरस्कार प्रारम्भ हुने गरि यस वर्षको नेगोसिडा चितवन पत्रकारिता पुरस्कार स्वर्ण खबर साप्ताहिक खबर पत्रिकाको कार्यकारी सम्पादक अमिर रामदामलाई प्रदान गरिएको संघका अध्यक्ष अधिवक्ता जिवनज्योति विश्वकर्माले बताए ।


