युथ क्लब नारायणगढको अध्यक्षमा श्रेष्ठ

चितवन २८ भदौ । युथ क्लब नारायणगढको शनिबार सम्पन्न ४७ औ साधारण सभा तथा २४ औ अधिवेशनले रामबाबु श्रेष्ठको अध्यक्षतामा तीन वर्षको लागि ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा शालिग्राम नेपाल, महासचिवमा किशोरबाबु पुरी, कोषाध्यक्षमा रोशन मास्के, सदस्यहरुमा मुना कोइराला, शान्ति श्रेष्ठ, केशब सापकोटा, सन्जय पाण्डे र निवर्तमान अध्यक्ष भगवानकुमार जोशी चयन गरेको हो ।
अधिवेशन अघि भएको साधारण सभाको उद्घाटन कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष कुन्दन पिया, पूर्व अध्यक्ष भानुप्रकास जोशी, शंकर श्रेष्ठ, केशवप्रसाद रेग्मी, विष्णप्रसाद सापकोटालगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सस्थाका महासचिव शालिग्राम नेपालले प्रगती प्रतिवेदन र कोषाध्यष शुष्मा बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सस्थाका अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतमा सम्पन्न भएको थियो । वर्तमान कार्यसमतिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेपछि मात्रै कार्यकाल शुरु हुनेछ ।

शेयर गरौ

ताजा अपडेट