डेङ्गुको सङ्क्रमणबाट कक्षा १२ मा अध्ययनरत एकजना बिद्यार्थीको मृत्यु

"सरकार भन्छ : डेङ्गु नियन्त्रण बाहिर छैन"

विराटनगर, भदौ २६ ।

डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् । उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।

सरकार भन्छ : डेंगु नियन्त्रण बाहिर छैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवत्ता गोकुल बास्कोटाले सरकार नागरिकको स्वास्थ्यप्रति संवदेनशिल रहेको बताएका छन् । आज बिहिबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर नरहेको भन्दै सरकार यसप्रति सचेत रहेको बताएका हुन् । उनले बैशाखदेखि डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैह्सरकारी, सर्वसाधरण लगायत सबै क्षेत्रबाट पहल भइरहेको बताए ।

शेयर गरौ

ताजा अपडेट