चितवन २२ भदौ । पूर्व मन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्न नसक्नुको कारण हामीले खोज्नु पर्ने बताउनु भएको छ ।
भरतपुरमा आज भएको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । सरकारले लगानी गर्ने तर शैक्षिक स्तर माथि उकास्न नसक्ने अवस्थालाई खोजी गरी कमजोरी हटाउनु पर्ने बताउनु भयो ।
नेता शर्माले समृद्ध नेपाल र सुखी नेपालीसँग शिक्षाको तालमेल मिल्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा उहाँले भन्नुभयो, ‘सामुदायिक विद्यालय अझै कमजोर छन्, हामी गुणस्तरमा चुकिरहेका छौँ, अब यसको खोजी गरिन जरुरी छ ।
उहाँले सामुदायिक विद्यालयहरु सधैँभर कमजोर भएर बस्न नसक्ने बताउनुभयो । उहाँले एकदुई वटा सामुदायिक स्कुल राम्रो भएर मात्र नपुग्ने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘शिक्षालाई नैतिकता, राष्ट्रियता र आत्मनिर्भरतासँग जोड्नुपर्छ ।’
कार्यक्रममा पूर्वमन्त्री शर्माले अबको शिक्षाले देशलाई चाहिने जनशक्ति उत्पादन गर्न सक्ने खालको हुन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कमीकमजोर कहाँ छन् रु खोतल्नुपर्छ । फड्को मार्ने खालको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक छ ।’
कार्यक्रममा उहाँले विद्यार्थी देशपति माया र समर्पित हुने भावनाको विकास गराउँदै शिक्षाको गुणस्तरको लागि अघि बढ्न शुभकामनासमेत दिनुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘सबै नेतृत्वको विकास शिक्षाले नै गर्ने भएकोले यसलाई अघि बढाउनुको विकल्प छैन, सबै लाग्नुपर्छ नेपालको शिक्षाले अवश्य कोल्टे फेर्नेछ ।’


