चितवन २२ भदौ । नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा चितवनको आयोजनामा पूर्वी चितवनको लोथरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शाखा अध्यक्ष ईश्वरकुमार भण्डारीको अध्यक्षतामा सञ्चालन गरिएको शिविरबाट ४ सय ५० जना सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन् ।
शिविरमा सेन्ट्रल हस्पिटल भरतपुरका बालरोग बिशेषज्ञ डाक्टर दामोदर तिवारी,जनरल फिजीसियन डाक्टर नवराज लामिछाने, हाडजोर्नी बिशेषज्ञ डाक्टर सुशिल थापा, मेडिकल अफिसर सिद्धार्थ गौतम लगायत सहभागी हुनु भएको थियो । शिविरमा भरतपुरस्थित आँखा अस्पतालका प्राबिधिकहरुको उपस्थितिमा आँखाका बिरामीको पनि परीक्षण गरिएको छ । स्वास्थ्य शिविरको सहयोगी संस्थाहरुमा पुष्पाञ्जली वचत तथा ऋण सहकारी संस्था नारायणगढ तथा लायन्स क्लब अफ नारायणगढ मिड टाउन रहेका छन् ।
राप्ती नगरपालीकामा अबस्थित परेवाश्वरी सामुदायिक बन उपभोक्ता समितिको सहगोगमा नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा चितवनका पूर्व अध्यक्ष शिव पण्डित,निवर्तमान अध्यक्ष बद्रि खनाल लगायत कार्यसमिति सदस्यहरुको बिशेष उपस्थिति रहेको थियो ।


