चितवन समाचार डटकम
सौराहा २२ भदौ । सौराहामा जारी थारु पत्रकार संघको महाधिवेशनले अध्यक्षमा सन्तोष दहितलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।
शनिबारबाट शुरु भएको महाधिवेशनले आउदो कार्यकालको लागि दहितलाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा उन्नती चौधरी महासचिवमा सन्तकुमार चौधरी, सचिवमा कमल चौधरी र कोषाध्यक्षमा दुष्यन्त चौधरीलाई चयन गरेको छ । तीन उपाध्यक्ष हुने संघको विधानमा कार्यसमितिको वैठकले दुइजना उपाध्यक्ष पछि थप गर्नेछ ।
संघको सदस्यहरुमा हेमन्त चौधरी दाङ, दिप्ती शिखा चौधरी दाङ, श्रीराम दहित दाङ, मधुरानी चौधरी बाँके, रेनु चौधरी बारा, शम्भुप्रसाद थारु बाँके, राजु चौधरी चितवन, रामअवतार चौधरी कपिलवस्तु, रामचन्द्र कुश्मी कञ्चनपुर, चन्द्रिका चौधरी कञ्चनपुर रहेका छन् ।
आज विहान सम्पन्न भएको महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गोपनियताको सपथ लिएका छन् । देशभरीबाट भेला भएका थारु पत्रकारहरुले जातीय मुद्दा भन्दा माथि उठेर पत्रकारिताको माध्यमबाट समाज सेवा गर्ने जनाएका छन् । महाधिवेशनमा पूर्वी नेपालबाट सहभागी भएका थारु पत्रकारहरुले भने विभिन्न कारण देखाइ महाधिवेशनको निर्वाचन प्रकृया छाडेर गएका छन् ।


