थारु पत्रकारको महाधिवेशन , अधिकार प्राप्ती गर्न थारु एक हुनु पर्दछ : राज्यमन्त्री चौधरी

चितवन समाचार डटकम
२१ भदौ । कृषि तथा पशु पन्क्षी राज्यमन्त्री रामकुमारी चौधरीले थारुहरुको एकताले नै संविधानले दिएको अधिकार प्राप्त गर्न सक्ने बताउनु भएको छ ।
थारु पत्रकार संघको चौथौ केन्द्रीय महाधिवेशनको चितवनको सौराहामा शनिबार उद्घाटन गर्दै संविधानले दिएको अधिकार रक्षा गर्न सबै एक हुनु पर्नेमा जोड दिनु भयो । केही थारु नेताहरु अधिकारी पाइएन भन्दै संविधान जलाउने कुरा गर्दै हिड्नु भएको छ चौधरीले भन्नु भयो ‘अहिलेको व्यवस्था कुन विधिले ल्याएको छ त्यसलाई ख्याल गर्नु भएको छ ।’
लामो संघर्षपछि आएको उपलब्धीलाई सस्थागत गरी लैजाले बेलामा संविधान जलाउने, अधिकार पाइनौ भन्ने जस्ता अभिव्यक्तिले पाएको उपलब्धीको रक्षा हुन सक्दैन उहाले भन्नु भयो । संविधान अनुसार तीनै तहको निर्वाचन भएको छ, सरकार त्यही विधिबाट बनेको छ यसलाई मान्दैनौ भनेर थारुको अधिकार रक्षा हुदैन उहाले भन्नु भयो ।
थारु पत्रकारलाई उहाले आफ्नो जातको मात्र अधिकारका विषयमात्र नभइ सबैको मुद्दालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । निश्चित जातको भन्दा माथि उठेर कलम चलाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सांसद तथा नेकपाका संसदीय दलका सचेतक शान्ता चौधरीले थारु नेताहरु जाती भन्दा माथि उठेर नेतृत्व गर्नु पर्ने बताउनु भयो । हिमाल पहाड तराइ सबै जात लिंगको अधिकारको विषयमा बोले मात्र देशको नेतृत्व लिन सकिने भन्दै छाती ठुलो पारेर आधिकार विषयमा कुरा गर्न सुझाव दिनु भयो । पूर्व र पश्चिमका थारु भनेर विभेद हुने गरेको भन्दै उहाले आफैमा हुने फुटले अधिकार प्राप्त गर्न नसकिने बताउनु भयो । पहिला आफू मिल्ने त्यसपछि सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वको विकास आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा चौधरी, लक्ष्मी चौधरी तेजुलाल चौधरी, प्रदेश सांसद रामलाल महतो, प्रदेश २ का योजना आयोग सदस्य राजुकमार लेखी, थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले थारु अधिकारको विषयमा मन्तव्य राख्नु भएको थियो । दुइदिनसम्म चल्ने थारु पत्रकारहरुको भेलाले नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न हुनेछ । देशभरीबाट भेला भएका थारु पत्रकारहरुले अधिकारको विषयमा घोषण पत्र तयार गर्नेछन् ।
पत्रकार सम्मानित


महाधिवेशनमा थारु समुदायको क्षेत्रमा पत्रकारिताको माध्यमबाट उल्लेख्य योगदान दिएको भन्दै गोरखापत्र दैनिकका पत्रकार लक्की चौधरीलाई नगद सहित सम्मान गरिएको छ । सौरामा भएको कार्यक्रममा उहालाई दोसल्ला, नगद कदरपत्रले सम्मान गरिएको हो । थारु अधिकार, थारुको सस्कृति तथा सामाजिक क्षेत्रमा गर्नु भएको योगदानले कदर गरेको जानकारी दिएको छ । चौधरी सहित सुलिन चौधरीपनि सम्मानित हुनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट