नेपाली भूमि चीन विरुद्ध प्रयोग हुदैन : प्रचण्ड

काठमाडौं, २१ भदौं । सत्तारूढ केपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् ।

नेपालको भूमिलाई कुनै पनि बहानामा चीनविरूद्ध प्रयोग गर्न नदिइने उनले दावी गरे । ‘नेपाल सधैं एक चीन नीतिमा दृढ छ । हाम्रो भूमिबाट चीनविरूद्धका गतिविधि हुन दिदैनौं,’ उनले भने ।

प्रचण्डले चीन सरकार र त्यहाँका व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । चिनियाँ दूतावासले शनिबार काठमाडौंमा गरेको नेपाल–चीन व्यापारसम्बन्धी कार्यक्रममा उनले भने, ‘निर्धक्क भएर नेपालमा लगानी गर्न आब्हान गर्दछौं ।’

नेपालमा राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरेका प्रचण्डले लगानीमैत्री वातावरण बन्दै गरेको पनि बताए । सरकारले मुलुकको आर्थिक विकास र समृद्धिको नयाँ यात्रा सुरूवात गरेको उनले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट