प्रभात दिदीबहिनी सहकारीमा विमलाको नेतृत्व

चितवन २१ भदौ । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समितिमा बिमला न्यौपाने ज्ञवाली चयन हुनु भएको छ ।
प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ साधारण सभा तथा एकीकरण घोषणा सभाबाट ज्ञवालीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिमला तामाङ, सचिवमा साधना पोखरेल, सहसचिवमा अम्बिका पौडेल सापकोटा, कोषाध्यक्षमा मञ्जु रेग्मी चयन हुनु भएको छ । त्यसैगरी शान्ति अधिकारी, शान्ता अधिकारी, शोभा पाण्डे, सुमित्रा पौडेल, कमला पौडेल र लक्ष्मी कार्की सदस्यमा चयन हुनु भएको छ ।
साथै आज प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शक्तिखोर महिला सहकरी बिचमा एकीकरण भएको छ । साधारण सभा तथा एकीकरण घोषणा सभा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले महिला दिदीबहिनी मिलेर सञ्चालन भएको सहकारी देशकै अग्रणी स्थानमा पुगेको भन्दै महिलाहरुलाई आर्थिक उपार्जनमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले राज्यले सहकारीलाई एक सहयात्रीको रुपमा स्वीकार गरेको भन्दै महिलालाई आर्थिक रुपमा बलियो हुनु आग्रह गर्नुभयो । महिलाले विभिन्न बलिदानीका कारण अहिले उनीहरु निर्णायक तहमा पुगेको बताउनु भयो । अवसर र चुनौती दुवैलाई आत्मसाथ गरेर अगाडि बढ्न सभापति रावलले आग्रह गर्नु भयो ।
कार्यक्रममा नेफ्कुन सञ्चालक समिति सदस्य शान्ति अधिकारी, सल्लाहकार भगवती पौडेल, कल्याणी मित्र त्रिपाठीलगायतको सहभागिता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट