वीरगन्जमा १६ वर्षे दुई किशाेरद्वारा १५ वर्षीया किशोरीलाई एसिड प्रहार

पर्सा, २० भदौ :

पर्साको वीरगन्जमा १६ वर्षीय दुई किशोर मिलेर १५ वर्षीया किशोरीलाई एसिड छ्यापेका छन्।

पर्सा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज (शुक्रबार) बिहान सवा ६ बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर ३, छप्कैयास्थित मामाको घरमा बस्ने मुस्कान खातनुलाई वीरगन्जकै वडा नम्बर २, छप्कैयाका सम्साद आलम र माजिद आलम मिलेर एसिड छ्यापेका हुन्।

एसिड छ्यापेर फरार भएका उनीहरूमध्य मुख्य अभियुक्त साम्सद आलमलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ। अर्का अभियुक्तको पनि खोजी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

शेयर गरौ

ताजा अपडेट