दोलखामा खोलाले कार बगाउँदा एकजनाको मृत्यु, दुई घाइते

दोलखा, २० भदौ :

दोलखामा खोलाले कार बगाउँदा एकजनाको मृत्यु भएको छ ।

वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको कार बगेपछि त्यसमा सवार तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनामा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

शेयर गरौ

ताजा अपडेट