फिफा विश्वकप छनोट अन्तर्गत   खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १९ भदौ :

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार राति पौने ११ बजे कुवेतको जावेर अल–अहमाद स्टेडियम हुनेछ। नेपाल कुवेतलाई उसैको घरेलु मैदानमा हराउँदै सुखद् सुरुवात गर्ने दाउमा रहेको छ। नेपालले अर्को खेलमा भदौ २४ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन्।

नेपाली टिमका प्रशिक्षक योहान कालिनले नेपाली टिमले राम्राे प्रर्दशन गर्नेमा आफू विश्वस्त रहेकाे बताएका छन्। नेपाल र कुवेतबीच यसअघि ६ पटक भिडन्त भएको थियो। कुवेत पाँच खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीच पछिल्लो पटक गत मार्चमा मैत्रीपूर्ण खेल भएको थियो।

उक्त खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।

शेयर गरौ

ताजा अपडेट