काठमाडौं, १९ भदौ :
राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्दै छ ।
पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा ९प्रजातान्त्रिक० र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा ९राष्ट्रवादी० एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीले हिन्दू राष्ट्र कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गर्ने विषयमा सबै प्रदेशका नेतासँग सुझाव लिने उक्त बैठकमा अध्यक्षद्वय राणा र डा लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल गरी महङ्गी, भ्रष्टाचार नियन्त्रणलगायत विषयमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा सञ्चालन गर्ने राजनीतिक गतिविधिकाबारे बैठकले निर्णय लिनेछ ।
पार्टीले हिन्दू राष्ट्रको महत्वकाबारे जनताको घरदैलोमा पुगेर बुझाउनका लागि आगामी कात्तिकमा जनकपुरदेखि रथयात्रा गर्ने कार्यक्रम छ ।


