भरतपुर विमानस्थल सर्दैन यसको धावनमार्ग विस्तार हुन्छ : मन्त्री भट्टराई

चितवन १८ भदौ । सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमान स्थल विस्तारको लागि दु्रतगतीमा आफूले काम गर्ने प्रतिवद्धता जानउनु भएको छ ।
विमान स्थलको विस्तारका विषयमा आज भरतपुर महानगरमा भएको कार्यक्रममा उहाले कुरा भन्दा काम गरेर आफूले देखाउने बताउनु भयो । उहाले भन्नु भयो ‘ भरतपुर विमान स्थल अन्तकही सर्दैन यसको धावन मार्ग वढेर जान्छ ।’ कि यसलाई बन्द गर्नु पर्छ कि विस्तार गर्नु पर्दछ हामी विस्तार गर्ने पक्षमा छौ बनद गर्ने होइन मन्त्री भट्टराइले भन्नु भयो । घनावस्तीको बिचमा विमान स्थल भनेर प्रचार गरियो उहाले भन्नु भयो त्यस्तो होइन यो २०१५ सालमा स्थानपना भएको हो घना वस्ती पछि बनेको हो ।
अहिलेको तत्काल आवश्यकता भनेको नेपाली सेनाको व्यारेकलाई उपयुक्त स्थानमा सार्ने र धावन मार्ग बढाउने हो । त्यसमा हामी लाग्नेछौ मन्त्री भट्टराइले भन्नु भयो प्राविधिसहितको टोली बनाएर एकहप्ता भित्र प्रतिवेदन पेस गर्नेछ त्यसपछि हामीले यसको बाक तिब्रता गर्नेछौ ।
यसलाई अहिले ७२ सिटे जहाज आउने वातावरण बनाउने छौ त्यसपछि जहिले ठुलो विमान स्थलको आवश्यकता पर्दछ त्यसबेला बनाउने छौ उहाले भन्नु भयो । विश्वका धेरै स्थानमा आवश्यकताको आधारमा विमानस्थल बनाउदै लगिन्छ हामीलाई अर्को आवश्यकता भएमा पछि बनाउनेछौ । सेनाको व्यारेक कहाँ लैजानेहो त्यसको काम भरतपुर महानगरले गर्छ विस्तारको काम हामी गर्दछौ भट्टराइले भन्नु भयो । काठमाण्डौको वैकल्पिक विमान स्थलको रुपमा भरतपुरलाई विकास गर्न लागेको जानकारी दिनु भयो ।
कार्यक्रममा ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र प्रदेश राजधानीको लागि भरतपुर विमान स्थलको विस्तार धेरै महत्वपूर्ण भएकोमा जोड दिनु भयो । कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, राष्ट्रिय सभाका सांसद पार्वती रावल, प्रदेश सांसदहरु विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महतो, मिलनबाबु श्रेष्ठ, गिता वाग्ले, वलराम पौडेल, नेपाली सेना हेटौडाका प्रितनापति ताराध्वज पाण्डे, नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेकपाका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशी, उद्योगी कृष्णप्रसाद अधिकारी, डाक्टर तिलचन्द्र भट्टराई, पर्यटन विज्ञ विश्वराज सुवेदीले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा भरतपुर विमान स्थलको अवस्थाको बारेमा विमान स्थल प्रमुख पवन गौतम, नागरिक उड्यन प्राधिकरणका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले जानकारी गराउनु भएको थियो । कार्यक्रम महानगर प्रमुख रेनु दाहालको अध्यक्षतमा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट