भरतपुर विमानस्थल विस्तारको काम एकहप्ता भित्र सुरु हुने

चितवन १८ भदौ । भरतपुर विमान स्थल विस्तार र विकासका लागि एकहप्ता भित्र कामिटी बनाएर काम अगाडि बढाउने भएको छ ।
विमान स्थलको विस्तारको लागि आज भरतपुर महानगरपालिकामा भएको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पर्यटन मन्त्री योगेश भट्टराई, मुख्यमन्त्री डोरमणि पौडेलसहितको सर्वपक्षीय वैठकमा विमानस्थल विस्तारको कार्य अत्यन्त आवश्यक भएकाले तीन तहका सरकारको प्रतिनिधिहरुको सहभागीत रहने कमिटी निर्माण गरेर त्यही कमिटीले दिएको प्रतिवेदनको आधारमा विस्तारको काम अगाडि वढाउने भएको हो ।
वैठकमा विभागीय मन्त्रालयका मन्त्री भटटराइले पर्यटन मन्त्रालयका प्रतिनिधि, विज्ञ, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधिहरुको एउटा कमिटी निर्माण गर्ने र त्यसले दिएको प्रतिवेदनका आधारमा अन्य काम अगाडि वढाने भएको हो । वैठकमा बोल्दै पर्यटन मन्त्री भट्टराइले भरतपुर विमान स्थलको स्तर वृद्धि हुन्छ त्यो काम छिट्टै गरिन्छ । विमान स्थलको उत्तर तर्फ रहेको नेपाली सेनाको व्यारेकलाई उपयुक्त स्थानमा सारेर धावन मार्ग निर्माण गर्ने गरी काम अगाडि वढ्नेछ ।
यसको लागि पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको सक्रियतामा रक्षा मन्त्रलाय, विभागीय प्रमुखहरुको रायपछि कामलाई अगाडि बवाउन पर्ने बताउनु भयो । वैठकमा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, राष्ट्रिय सभाका सांसद पार्वती रावल, प्रदेश सांसदहरु, चितवनका राजनीतिक पार्टीका प्रतिनिधिले भरतपुर विमान स्थल विस्तार हुनु पर्ने माग राखेका थिए ।

शेयर गरौ

ताजा अपडेट