काठमाडौं, १६ भदौ :
आज (सोमबार) देशका अकिांश स्थानमा आंशिक बदली हुने र थारै स्थानमा वर्षा हुने मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सीमर श्रेष्ठका अनुसार आज कतै त्यस्तो ठूलो वर्षाको सम्भावना छैन । अहिले मध्य पश्चिम तराईमा एक/दुई ठाउँमा वर्षा भइरहेको उनले जानकारी दिए। दिउँसो पनि विशेषगरी मध्य पश्चिम तराईकै थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए ।


