मौसम आशिंकदेखि सामान्य बद्ली हुने

काठमाडौँ, १५ भदौ :

आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बद्ली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र सुदूरपश्चिमका केही ठाउँमा भने अहिले पनि पानी परिरहेको र यो क्रम दिनभरजस्तै रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ सहित देशका अन्य ठाउँमा भने विस्तारै मौसम खुल्दै गएर दिउँसो घाम लाग्नेछ ।

यस्तै, आइतबार राति देशका धेरैजसो ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पानी परेको हो । यसको प्रभाव सोमबार बिहानसम्म रहने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट