रबि र युबराजको बयान सकियो, थुनछेक बहस शुरु

चितवन समाचार डटकम, ९ भदौ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्धामा जिल्ला अदालत चितवनमा थुनचेक बहस शुरु भएको छ ।
रबि लामिछाने र युबराज कँडेलको बयान आज लिइएपछि बहस शुरु भएको हो । अस्मिता कार्कीको बयान हिजै लिइएको थियो ।
न्यायधिस हेमन्त रावलको ईजलासमा अहिले सरकारी वकिल ले बहस गरिरहेका छन् । बादिका तर्फवाट वकिलहरुले बहस गरिसकेपछि प्रतिवादीका वकिलहरुको बहस हुनेछ । दुबैपक्षका वहस सुनिसके पछि न्यायधिसले थुनछेक आदेश गर्नेछन् ।
सुद्ध तारेखमा रिहा, धरौटीमा रिहा वा थुनामा राख्ने आदेश गरी तिन बिकल्प मध्ये एकमा आदेश आउन सक्ने बुझिएको छ ।

शेयर गरौ

ताजा अपडेट