प्रहरी र रबी समर्थकको झडपमा चितवनका डिएसपी सहित चार प्रहरी घाईते

चितवन समाचार डटकम, ८ भदौ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्धाको अदालती प्रक्रिया चलिरहदा आज सञ्चारकर्मी रबी लामिछानेको रिहाईको माग गर्दै भरतपुरमा भएको प्रदर्शनमा डिएसपी सहित जना प्रहरी घाईते भएका छन् ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोईराला सहित चार जना प्रहरी घाईते भएका हुन् ।
डिएसपी कोईराला सहित चारैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । कोईरालाको खुट्टामा चोट लागेको छ । दुई जनाको मेडिकल कलेज र दुईजनाको भरतपुर अस्पतालमा उपचार गरिएको छ ।
प्रदर्शनकारी तर्फ के कति घाईते भएको भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यासँ प्रहार गरेको थियो ।
अस्पताल रोडमा भएको प्रदर्शन र झडप पछि प्रदर्शनकारीले चौबिसकोठीमा टायर बालेर केहीबेर सडक अवरोध समेत गरेका थिए । पाँचजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
आत्महत्या दुरुत्साहनको मुद्धा दायर भएसंगै आज अस्मिता कार्कीको बयान अदालतले लिएको छ । समयअभावका कारण रबी लामिछाने र युवराज कँडेलको बयान भोली लिईने गरी उनीहरुलाई पुन ः हिरासत कक्षमा ल्याइएको छ ।
रबी लामिछानेको रिहाईको माग गर्दै आज ठुलो संख्यामा उपस्थित सर्बसाधरणले भरतपुरमा दिनभर प्रदर्शन गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट