चितवन समाचार डट कम, ८ भदौ ।
शालिकराम पुडासैनी मृत्युु प्रकरणमा जिल्ला अदालत चितवनमा रवि लामिछाने सहित तिनै जनालाई अात्महत्या दुरुत्साहन मुुद्दा दर्ता भएको छ ।
लामिछाने सङ्गै युवराज कडेल र अस्मिता कार्की रुकु विरुद्ध मुद्दामा दायर भएको छ । अहिले कार्किकाे बयान चलिरहेको अदालतका श्रेस्तेदार रुद्रमणि गिरिले जानकारी दिनुभयाे ।
याे मुद्दाको सुनुवाइ न्यायाधीश हेमन्त रावलकाे ईजलासमा चलिरहेको छ ।
रवि लामिछाने काे रिहाइ काे माग गर्दैन भरतपुर चाैविसकाेटि र जिप्रका अगाडि प्रदर्शन भईरहेकाेे छ ।


