काठमाडौँ ६ भाद्र । कतारमा सम्पन्न स्टार अन्तर्राष्ट्रिय अवार्डमा गायक विनोद ढकालले थ्री पिस रेडियो गीतका लागि वर्षको उत्कृष्ट लोक पप गायक तर्फको आवार्ड प्राप्त गरेका छन ।
कतारको दोहामा एक समारोहकाबीच नेपाली कलाकारलाई स्टार अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । विगत लामो समयदेखि नेपाली लोकरपप गितमा आवाज भर्दै आएका ढकालले दर्जनौ नेपाली चलचित्रका गितहरुमा समेत आफ्नो आवाज दिई सकेका छन ।
ढकालसंगै कार्यक्रममा गायक सिताराम पोख्रेल, आनन्द कार्की, संचारकर्मी गीता अधिकारि, गोकर्ण लामिछाने, कलाकार रिचा शर्मा, नितु कोइराला, लक्ष्मी भण्डारी, तिल बहादुर कार्कीलगायतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा ढकालसंगै सिताराम पोख्रेल, आनन्द कार्की र प्रकाश सपुतले दर्शकहरुलाई आफ्ना गीतले मन्त्र मुग्ध पारेका थिए । स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा कतारका लागि नेपालका कार्यबाहक राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।


