एभीसी सेन्ट्रल जोन भलिबलको पाँचौं स्थानका लागी नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

काठमाडौ, ६ भदौ : 

एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल अन्तर्गत शुक्रबार नेपालले पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौं स्थानका लागि प्लेअफ हुन लागेको हो । नेपाल समूह ए बाट दुवै खेलमा पराजित हुँदै अन्तिम भएको थियो भने चार टोली रहेको समूह बी बाट अफगानिस्तान तेस्रो भएको थियो ।

नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो ३ बजे लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सुरु हुनेछ । शुक्रबार नै साँझ ५ बजे तेस्रो स्थानका लागि हुने खेलमा तुर्कमेनिस्तान र माल्दिभ्स खेल्नेछन् । सेमिफाइलमा पराजित भएका यी टोलीबीच तेस्रो स्थानको प्लेअफ हुन लागेको हो ।

प्रतियोगिताको उपाधिका लागि किर्गिजस्तान र उज्बेकिस्तान शनिबार खेल्नेछन् । सेमिफाइनलमा किर्गिजस्तानले तुर्कमेनिस्तान र उज्बेकिस्तानले माल्दिभ्सलाई पराजित गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट