नियमित उपचारको लागि प्रधानमन्त्री ओलि सिंगापुर प्रस्तान

 

काठमाडौं, ५ भदौ । नियमित उपचारको लागि प्रधानमन्त्री केपि शर्मा ओलि आज सिङ्गापुर जानू भयको छ ।

ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको सबै उपचार नीजि खर्चमै हुने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता बढाउने उपचारका लागि सिंगापुर प्रस्थान गरिएको जनाएकी छन् ।

मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिका लागि सिंगापुर जानुपरेको उनको प्रेस नोटमा उल्लेख छ ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार गराई ओली फर्किएका थिए । नेपाली चिकित्सकवका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने सिंहले जनाएकी छन् ।

शेयर गरौ

ताजा अपडेट