चितवन ५ भदौ । चितवनको पोखरा बसपार्कको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको घटनापछी यहाँ भयको प्रदर्शन प्रती भरतपुर महानगरपालिकाको ध्यानाकर्षण भयको जनाएको छ ।
मृत्युपछि आत्महत्या गर्नुको कारण भिडियो बाहिर आय पछि प्रहरिले सन्चारकर्मी रवि लामिछाने सहित तीन जनालाइ नियन्त्रणमा लियको छ । अनुसन्धानको लागि रविलाइ नियन्त्रणमा लियपछी भरतपुरमा दर्शन भैराखेको छ । सो प्रदर्शनमा भयको अनेक परिस्थिति प्रती महानगरले ध्यानाकर्षण भयको जनायको हो ।
‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुःखद विषय हो । अस्वभाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो’ महानगरपालिका प्रमुख रेनु दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्वन्धमा निष्पक्ष, सत्यतथ्य छानविन गरी ‘दोषी नछुटून् र निर्दोष नपरुन्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्वन्धित पक्षसँग आग्रह गर्दछ ।’
भरतपुर महानगरपालिकाका प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशव्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रता माथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृति देखिनु दुखद् भएको विज्ञप्तिमा भनिएको छ ।
उक्त घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एव सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवं सस्थाहरुलाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न महानगरपालिकाले विज्ञप्तिमार्फत सबैसँग अनुरोध गरेको छ ।
विज्ञप्तिमार्फत महानगरले सडक एवं सामाजिक सञ्जालमा हाल देखा परेका अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न आम नागरिकहरुमा अपिल गरेको छ ।



