चितवन समाचार डटकम
४ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमले तातेको चितवन अहिले शान्त भएको छ ।
आत्महत्याको विषयमा छानविन गर्न संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान चलाइरहदा बाहिर भने रवि समर्थकले आन्दोलन चर्काएका थिए । हिरासतमा रहेकालाई जिल्ला अदालत चितवनले हिजो पुनः पाँच दिनको म्याद थप गरेपछि केही समय प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो । लगातार एकहप्ता तातेको चितवन अहिले सेलाएको छ ।
आज प्रदर्शनकारीको सख्या घट्दो छ । निषेधित क्षेत्र तोकेर ठुलो सख्यामा प्रहरी परिचालन भएको भरतपुरमा अहिले सामान्य अवस्थामा फर्केको छ । प्रदर्शनमा आएकाहरु चौविसकोठीको चौतारामा गीत कविता भनेर रविको समर्थनमा बसेका छन् । एक प्रदर्शनकारीले भने आज कोहीपनि आउदैन् भनेर धनगढी घर जान हिडेको दुइचारजाना देखेर गीत गाउन आए ।
उनले शिशिर योगीको गीत सम्झे
यो देशमा म एउटा मानिस खोजी रहेछु
यो देशमा एउटा रवि खोजी रहेछु ।
अवतार महामानव बनेर तिमि आइरहेछौ
दिनदिनै दौडादौड गरेका प्रहरी विमान स्थलले निर्माण गरेको भवनको पेटीमा वसेका छन् । आज न कुनै आक्रामक शैली छ न भिडनै । चौविसकाठीदेखि मालपोतचोकसम्म शान्त छ । हेर्न आउने प्रदर्शन गर्न आउनेको सख्या घट्दो क्रममा छन् । भिड नभएपछि आन्दोलन पनि भएको छैन ।



