इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्सको खेल बराबरी

काठमाडौँ, ३ भदौ :

इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडलाई वुल्भरह्याम्पटन वान्डरर्सले बराबरीमा रोकेको छ ।

गएराति वुल्भरह्याम्पटनको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २७ औं मिनेटमा एन्टोनियो मार्टियलले पहिलो गोल गर्दै म्यान्चेस्टर युनाईटेडलाई अग्रता दिए । तर ५५ औं मिनेटमा वुल्भरह्याम्पटनका रुबेन नेभेसले एक गोल फर्काउदै खेल बराबरी गरे ।

दोस्रो हाफमा पउल पोग्बाले एउटा पेनाल्टी प्रहार खेर फालेपछि युनाईटेड जित निकाल्न असफल रह्यो ।

सिजनको दोस्रो खेलमा अंक बाँड्न बाध्य भएपछि युनाईटेड दबाबमा आएको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । वुल्भरह्याम्पटनको भने यो दुई खेलमा दोस्रो बराबरी हो । सिजनको पहिलो खेलमा उसले लेष्टर सिटीसँग गोलरहित बराबरी खेलेको थियो ।

शेयर गरौ

ताजा अपडेट