रबी लामिछानेको बयान आज, चौबिस कोठी देखि मालपोत चोक सम्म प्रदर्शन गर्न प्रतिवन्ध

चितवन समाचार डटकम, २ भदौ ।
जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रबी लामिछानेको आज बयान लिने भएको छ ।
लामिछानेको आज बयान लिएर अनुसन्धान थप आवश्यक देखिए म्याद थपकालागि भोली अदालत पेश गरिने प्रहरी उपरिक्षक दानबहादुर मल्लले चितवन समाचार डटकमलाई बताउनुभयो ।
पक्राउ परेको पाँचौ दिनमा रबीको बयान लिन लागिएको हो । यस अघि वाहिर भएको प्रदर्शनका कारण समय अभाव भएकाले बयानमा ढिलाई भएको प्रहरीले जनाएको छ ।
रबी संगै पक्राउ परेका पत्रकार युवराज कँडेल र युवती अस्मीता कार्कीको भने बयान लिएर सकिएको प्रहरी उपरिक्षक मल्लले बताउनुभयो ।
पुडासैनी मृत्यु प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै फसाउन षडयन्त्र गरिएको रबी लामिछानेले बताउदैं आएका छन् । पत्रकारहरुको टोलीसंग भएको भेटमा प्रहरीले बयानमा ढिलाई गरेकोमा लामिछानेले असन्तुष्टी ब्यक्त गर्नुभएको थियो ।
‘मेरो कुरा प्रष्ट छ, घटनामा मेरो कुनै संलग्नता छैन मलाई फसाएर जनताको आवाज दवाउने षडयन्त्र हो, म बयानका क्रममा पनि यही बताउनेछु’ लामिछानेले भन्नुभयो ।
यसै बिच रबी समर्थकले दिनहु झै आज पनि प्रदर्शन गर्न सक्ने आँकलन गर्दै स्थानीय प्रशासनले चौबिसकोठी देखि मालपोत चोक सम्म प्रदर्शन गर्न प्रतिवन्ध लगाएको छ ।

शेयर गरौ

ताजा अपडेट