धारिलो हतियारले हानेर श्रीमतीको हत्या

गोरखा ,१ भदौ :

गोरखामा श्रीमान्ले धारिलो हतियारले हानेर श्रीमतीको हत्या गरेका छन् ।

गोरखाको लक्ष्मीबजारमा याकुब परियारले श्रीमती पुजा परियारलाई धारीलो हतियारले हानेर हत्या गरेको गोरखा प्रहरीले जानकारी दिएको छ । ‘याकुब परियारले श्रीमती पुजाको हत्या गरेको हो। हामी अनुसन्धानमै छौँ,’ गोरखाका एसपी ओमराज अधिकारीले जानकारी दिए ।

स्थानीयका अनुसार गएराति करिब १० बजेतिर श्रीमानलेखुर्पाले हानेर श्रीमतीको हत्या गरेका हुन् । हत्याको कारण नखुलेको एसपी अधिकारील बताए । मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शेयर गरौ

ताजा अपडेट