चितवन समाचार डटकम, ३२ साउन ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रबी लामिछानेको रिहाईको माग गर्दै भरतपुरमा आज पनि प्रदर्शन भएको छ ।
प्रदर्शनस्थलमा आइपुगेको प्रहरी भेनमा रबीका समर्थकहरुले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
ढुंगा प्रहारबाट प्रहरीको गाडीको अग्रभागको सिसा फुटेको छ । प्रहरीले लाठी चार्ज गर्दा भागदौड मच्चिएको थियो । घाईतेको संख्या एकिन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन भएको हो ।


