हुवाजिन सिमेन्टको नयाँ जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषद् लगिँदै

धादिङ, ३२ साउन :

गाउँपालिकासँग भाडामा लिएको जग्गा सम्झौता खारेज भएपछि हुवाजिन सिमेन्टले सो जग्गा भाडामा लिन नयाँ प्रक्रिया अगाडि बढाएको छ ।

यसका लागि उसले बेनिघाट रोराङ गाउँपालिकामा निवेदन हालेको स्रोतले बतायो । बेनिघाट रोराङ गाउँपालिका-२ ताल्तिमा रहेको १८१ रोपनी ३ आना ४ पैसा ६ दाम जग्गा पहिलो चरणमा ३० वर्षका लागि भाडामा लिन हुवाजिनले निवेदन गरेको हो । आवश्यकताअनुसार भाडा समयअवधि बढाउन सकिने गरी हुवाजिनले जग्गा मागेको छ ।

हुवाजिनको निवेदनपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई जमिनको भाडादर समेत तोकेर सिफारिस गरेको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए ।

कृषि प्रयोजनको लागि अयोग्य रहेको मालपोत कार्यालय धादिङमा श्रेस्ता कायम जग्गा भाडामा दिन केन्द्र सरकारले निर्णय गर्ने गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको उनले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट