निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याउने

काठमाडौं, ३२ साउन :

निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याउने भएको छ ।

संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको छ ।

मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था थर्न लागिएको हो ।

हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ।

शेयर गरौ

ताजा अपडेट