चितवन ३२ साउन । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको घटनाको विषयमा निश्पक्ष छानविन गरिनु पर्ने माग राख्दै आज विहान भरतपुरको चौविकसकोठीमा प्रदर्शन गरेका छन् ।
स्वतन्त्र युवा समुहले चौविसकोठीमा प्लेकार्ड सहित राजनीति हस्तक्षेप वन्द गर निश्पक्ष छानविन गर लगायतको नारा सहित प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शनमा निश्केका युवाहरुले पुडासैनीको न्यायका लागि सडकमा आएको बताएका छन् । आफुहरु कसैको समर्थन वा कसैको विरोधमा नभई पत्रकार पुडासैनीको न्यायका लागि मात्रै दवाव स्वरुप आएको जुलुसमा बताएका थिए ।
मृत्यु भएका पुडासैनीले आफू मर्नुको कारण कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की भएको भनि भिडियो सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ । रवि पक्राउ परेपछि उनका समर्थकहरुले हिजोदेखि प्रदर्शनमा उत्रेका छन् ।
आन्दोलनले अनुसन्धान प्रक्रिया प्रभावित नहोस भन्दै प्रदर्शन गरिएको सहभागी युवाको भनाइ छ । पत्रकार पुडासैनी घटना निष्पक्ष छानबिन गर, सत्यतथ्य सार्वजनिक गर, अपराधलाई राजनीतिकरण नगरौँ, पुडासैनीले न्याय पाउनैपर्छ, कुनै प्रकारको हस्तक्षेप नहोस लगायतका प्लेकाडहरु बोकेका थिए ।
पुडासैनी मृत्यु प्रकरणका आरोपी रवि सहितका ३ जनालाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ ।


