अभिनेत्री सुभद्रा अधिकारी रहिनन्

काठमाडौं ३२ साउन । नेपाली सिने क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज विहान निधन भएको छ ।
निमोनियाबाट पीडित रहेकी उहाको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गर्नु भएको छ ।

उहाले अभिनय गर्नु भएको चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायत ज्यादै चर्चित छन् । उहाले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेर्नु भएको छ । उहाको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उहाका एक छोरा र एक छोरी हुनुहुन्छ । चलचित्र क्षेत्रमा उहाले ठुलो योगदान दिनु भएकाले एउटा असल कलाकार गुमाउनु परेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट