चितवन, ३१ साउन ।
रवि लामिछने समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेका प्रहरिमाथी आक्रमण गर्दा ७ जना प्रहरी घाइते भएका छन ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोपित न्युज २४ टेलिभिजनका प्रस्तोता लामिछाने माथी प्रहरिले अनुसन्धान को प्रक्रिया अगाडि बढाए पछि समर्थकले आक्रमण गरेका हुन । आज साझ पौने ७ बजे रड ढुङा बोतलले आक्रमण गर्दा ७ जना घाइते भयको चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो । घाइते प्रहरिको उपचार भैराखेको छ ।
स्थिती नियन्त्रणमा लिनको लागि केही सेल अश्रु ग्यास प्रहार गरेको प्रवक्ता कोइरालाले जानकारी दिनु भयो । प्रदर्शनकारी तर्फ केकती घाइते भयको जानकारी हुन सकेको छैन । लामिछानेका समर्थकले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्रयास गरेका थिए । साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएनन् । समर्थकले दिनभर प्रर्दशन गरेका छन् ।
चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो । अदालतले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो ।


