पुडासैनी आत्महत्या प्रकरण : रविसहित तीनजनाको ५ दिन म्याद थप, सरकार विरुद्ध लाग्यो नारावाजी

चितवन समाचार डटकम
३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ का कार्यक्रम सञ्चालक रवि लामिछाने सहित तीन जनालाई अनुसन्धानको लागि ५ दिनको लागि म्याद थप गरिएको  छ ।

आज जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा म्याद थपको लागि लगेपछि म्याद थपेको प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो ।
हिजो साँझ काठमाण्डौंबाट पक्राउ परेका तीनै जनालाई रातिनै चितवन ल्याइएको थियो । उनीहरुलाई थप अनुसन्धान गर्नको लागि आज जिल्ला अदालत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता कोइरालाले जानकारी दिनु भयो । पक्राउ परेका लामिछानेको पक्षमा नारावाजी गर्दै उनका समर्थकहरु प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेपछि पछाडिको बाटो भएर सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।
रविसंगै पक्राउ पर्नेमा टेलिभिजनका पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गरिएको हो । म्याद थप भएपछि उनीहरुलाई प्रहरी हिरासतमा राखेर वयान गरिनेछ । तीन जना विरुद्ध आत्महत्या गर्ने पुडासैनीले आफूलाई मर्न वाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो । नेपाल आज नामक अनलाइन मार्फत भिडियो सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी माथि दवाव परेको हो ।


पक्राउ गरेर अनुसन्धानको लागि प्रकृया अगाडि वढाइरहदा उनका समर्थकहरुले भने सरकारको विरुद्ध, प्रहरी प्रशासनको विरुद्धमा नारावाजी गरेका थिए । निर्दोषलाई पक्राउ गर्न पाइदैन निष्पक्ष छानविन होस, गृहमन्त्रीको राजीनामा लगायतका नारावाजी गरिएको थियो । प्रदर्शनमा उत्रेका व्यक्तिले भरतपुरको चौविस कोठीमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शेयर गरौ

ताजा अपडेट