घरबेटी महिला डेरावालबाटै असुरक्षित : पटकपटक गरे बलात्कार

काभ्रे २९ साउन । काभ्रेको पाँचखालमा चारवर्षदेखि डेरामा बस्दै आएका पुरुषले घरबेटी महिलालाई बलात्कार गरेका छन् ।
घरबेटी महिला सुतिराखेको बेला राति डेरामा बस्ने ३१ वर्षीय युबकले बलात्कार गरेका थिए । जबरजस्ती बलात्कार गरेका उनले अरुलाई भने मारिदिने धम्की दिएको पीडित महिलाले बताएकी छिन् । काभ्रेको पाँचखाल नगरपालिका –४ शिखरपुरमा डेरा गरी बस्ने ३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई पहिलो पटक गत जेठ २३ गते राति १ बजे जबर्जस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरिसकेको छ ।
अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक २६ असारमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
‘मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती ग¥यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ,’ ३३ वर्षीया पीडित महिलाले भनिन् ।
लामा सो घरमा २०७२ सालदेखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट