चितवन समाचारडटकम, माघ १७ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीवार एकैदिनमा गृहजिल्ला चितवनका सात वटा कार्यक्रममा सहभागीता जनाउनुहुने भएको छ ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उँहाले विहीवार चितवन जिल्लाका विभिन्न सात वटा कार्यक्रममा सहभागीता जनाउनु हुने भएको हो । पूर्वपप्रधानमन्त्री प्रचण्डले विहीवार विहान ८ ः ३० बजे पटिहानीमा पत्रकार महिलाको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।
त्यसैगरी विहान १०ः ३० बजे खैरहनी नगरपालिका वडा नम्वर १ मा कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा प्रमुख अतिथिको रुपमा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।
त्यसलगत्तै दिउसो १ः३० बजे शहरी विकास मन्त्रालय बाट सन्चालित केन्द्रिय वस टर्मिनल परिसर निर्माण सुधार योजनाको प्रचण्डले शिलान्यास गर्नुहुने छ । यस संगै पूर्वप्रधानमन्त्री प्रचण्डले शहरी विकास मन्त्रालय बाट सञ्चालित विभिन्न ५ वटा आयोजनाहरुको शिलान्यास गर्नुहुने सचिवालयले जनाएको छ । जस्मा भरतपपुर अस्पतालको कुरुवाघर,. देवघाटधाममा विधुतीय शवदाह गृह निर्माण, भरतपुर महानगरपालिका वडा नम्वर १९ रानीपोखरीमा पार्क र पुर्वाधार निर्माणको शिलान्यास रहेका छन् ।
त्यसैगरी भरतपुर. महानगरपालिका वडा नम्वर ६ मा लक्ष्मीनारायण तथा ओमकार्यश्वर मन्दिर पुर्वाधार निर्माणको विहीवार प्रचण्डले शिलान्यास गसर्नुहुने सचिवालयले जनाएको छ ।
चितवन निर्वाचन क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका प्रचण्डले यहाँको विकास निर्माण र कार्यक्रमहरुलाई प्राथमिकता दिने गर्नुभएको देखिएको छ ।


